
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको भएपनि उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।
प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।
उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोषबाबु सिग्देललगायतले बहस गरेका थिए।
अहिले राज्य प्रेस र आलोचकप्रति अनुदार रूपमा प्रस्तुत भइरहेको र साइबर कानुनको गलत प्रयोग पनि गरिरहेको भन्दै पत्रकारमाथिको धरपकड रोकिनुपर्ने माग उनीहरूले इजलासमा गरेका थिए। राज्यशक्तिमा भएका व्यक्तिहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउन खोजेको अवस्थामा अदालतले संवैधानिक हक संरक्षणका लागि भूमिका खेल्नुपर्ने उनीहरूको जिकिर थियो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस