
कंचनपुर -२९ जेठ l कंचनपुरको बेलौरी नगारपालिका वडा ६ मा ने.क.पा. ले जनसम्बन्ध बिस्तार तथा समाजबादी जागरण अभियान अन्तर्गत १७ सदस्यीय वडा कमिटी गठन गरेको छ l
जन संगठन बिस्तार तथा समाजबादी जागरण अभियानमा नगर इन्चार्ज रामलाल सी को अध्यक्षतामा ने. क. पा सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत सी को अध्यक्षता रहेको थियो भने पार्टी जिल्ला इन्चार्ज बिराट सि र महिला केन्द्रिय सदस्य पवित्रा सिको आतिथ्यता रहेको थियो भने कार्यक्रम संचालन पार्टी नगर इन्चार्ज कमल सिले गर्नु भएको थियो l
उक्त कार्यक्रममा नगर, वडा कमिटी लगायत पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुको ऊलेख्य सहभागिता रहेको थियो l
उक्त जागरण सभालाई सम्बोधन गर्दै पार्टी जिल्ला इन्चार्ज बिराट सिले आफुहरुले कसैलाई हराउने जिताउने भन्दा पनि पार्टीलाई जनता संग जोड्ने र जनता पिर, मार्का बुझ्न उक्त समाजबादी जागरण अभियाको थालनी गरेको बताउनु भयो l सत्य कुरा जनता बीच लैजान र पुरानो चेतनाले देश नबन्ने भन्दै देशलाई गरिब बनाएर नागरिकलाई अभाव र दबाबमा राख्नेहरुलाई चिन्नु पर्ने धारणा राख्नुभयो l
यसै गरि कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत सिले यी पुराना पार्टीहरुले सरकारमा हुँदा एउटा कुरा बोल्ने गरेको र सरकारमा हुदा अर्कै व्यवहार गर्ने गरेकाले नागरिकमा राजनीति प्रती बितृष्णा र निराशा छाएको बताउनु भयो l सबै पार्टीले जनतालाई आफु अरुभन्दा अलग भएको बताए पनि काम सबैका एकै प्रवृतिको हुनु देशको दुर्भाग्य रहेको धारणा ब्यक्त गर्नुभयो l
उक्त जनसंगठन तथा समाजबादी जागरण अभियानको भेलाबाट सदस्य शुसिला सी, गौमती सी, दिपा सी, मानमती सी, माया सी, निर्मला सी, हरिकला सी, नारु सी, चन्द्रकला सी, बहादुर सी, गणेश सी, जय बहादुर सी, लगायतका सदस्यहरुको कमिटी गठन गरिएको छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस